एमजि कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा, यस्ता छन् विशेषताहरू-Sutra News

एमजि कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा, यस्ता छन् विशेषताहरू

सोमबार, २५ भाद्र २०८०

सोमबार, २५ भाद्र २०८०

काठमाडाैं । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँ नाम हुन् ।



लन्चमा बोल्दै पारामाउन्ट मोटर्सका जेनरल म्यानेजर सचिन अर्यालले नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा उत्साहित भएको बताए । उनले भने, ‘स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुन्छन् ।’

एमजि कंमेट इभि भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो जसले सिंगल चार्जमा २३० किलो रेन्ज दिन्छ । यसमा १७.३ प्रतिघण्टाको ब्याट्री र ३१.२६ किलोवाटको मोटर रहेको छ । एमजि कमेट इभिमा यात्रुहरुको सुरक्षाको लागि आइपि सिक्स सेभेन रेटेड ब्याट्रि डुबल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरु राखिएको छ । सुविधा र सहजताको लागि एमजि कमेट इभिमा एलसिडि स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि र हिटर जस्ता सुविधाहरु रहेका छन ।

एमजि कमेट इमिको शुरुवाती मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने एमजि कमेट इभि प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ । त्यस्तै एमजिले कमेट इनिको हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ ।

हेर्दा अत्यन्तै आकर्षक देखिने एमजि ४ इभि २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ । कम्फर्ट र लक्जरी गरी २ भेरियन्टमा उपलब्ध एमजि कम्फर्ट इमिको ब्याट्रि क्षमता ५१ प्रतिघण्टा र ९९ किलोवाटको मोटर रहेको छ । त्यस्तै एमजि लक्जरी इभिको ब्याट्री क्षमता ६४ प्रतिघण्टा र १५० किलोवाटको मोटर रहेको छ । एमजि ४ इभिको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो जुन यहीं मूल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरुको सेग्मेन्टमा पहिलो फिचर हो ।

एमजि ४ इभिले सिङल चार्जमा ४३५ किलोमिटर सम्मको रेन्ज दिन सक्छ । राम्रो ह्यान्ड्लिङ र ट्र्याक्सनको लागि एमजि ४ इभिमा रियर व्हिल लेआउट राखिएको छ । त्यस्तै, यात्रुहरुको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरु रहेका छन भने सुविधा र सहजताको लागि मोबाइल फोन ब्लुटुथ कि, ५ वटा डाइभिङ मोड आदि जस्ता फिचरहरु रहेका छन् ।

त्यस्तै, एमजि ४ इभिको लागि हाइ भोल्टेज ब्याट्रिमा १ लाख ५० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ । त्यस्तै, एमजि ४ कम्फर्ट इमिको शुरुवाती मुल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको छ भने एमजि लक्जरी इभिको शुरुवाती मुल्य ५८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

एमजिका यी दुवै इभिमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचरहरु रहेका छन् । यी दुवैमा एमजिले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टी प्रदान गरेको छ । हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनहरूको संख्या ५० सम्म पुयाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट