काठमाडौं । होन्डा नेपालले ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । यो एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ अनुभव दिने होन्डाले जनाएको छ ।
कम्पनीका अनुसार होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ । त्यस्तै, यो गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जानकारी गराएको छ ।
२२० मिलिमिटरको असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै, एलिभेटले एसयूभीहरुका लागि नयाँ मानक सेट गरेको छ ।
त्यस्तै, गाडीको इन्जिनले १२१ पिएस (लगभग ११९ हर्स पावर) को प्रभावशाली पावर आउटपुट प्रदान गर्ने कम्पनीको भनाइ छ । होन्डा एलिभेट नेपालभरीका आधिकारिक होन्डा डिलरसिपहरूमा उपलब्ध हुनेछ ।