काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा तोलामा तीन सय रुपैयाँले बढ्दै छापावाल सुन एक लाख १२ हजार रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार सोमबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ छ ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार चार सय रुपैयाँ पुगेको छ ।