लामो समयपछि शेयर बजारमा उत्साह : ४४ अंकले बढ्दा डेढ अर्ब बढीको कारोबार-Sutra News

लामो समयपछि शेयर बजारमा उत्साह : ४४ अंकले बढ्दा डेढ अर्ब बढीको कारोबार

सोमबार, २५ भाद्र २०८०

सोमबार, २५ भाद्र २०८०

काठमाडौं । झण्डै एक महिनापछि शेयर बजारमा उत्साह देखिएको छ । साताको दोस्रो कारोबार दिन सोमबार ४४.३० अंकले बढ्दै बजार १९८६.९९ अंकको बिन्दुमा उक्लिएको छ । बजार समग्रमा २.२८ प्रतिशतले बृद्धि भएको छ ।



उत्साह देखिएको बजारमा कारोबार रकम पनि यसअघिका दिनमा भन्दा ह्वात्तै बढेको छ । सोमबार कारोबार झण्डै दुई सातायताकै उच्च एक अर्ब ५१ करोड १८ लाख बढीको भएको छ । ४७ लाख ४२ हजार ५११ कित्ता शेयर किनबेच हुँदा उक्त कारोबार भएको हो ।

साेमबार कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको थियाे । सबैभन्दा धेरै वित्त समूहको उपसूचक तीन दशमलव ६५ प्रतिशत र व्यापार समूहको उपसूचक तीन दशमलव ६३ प्रतिशतले बढेको छ ।

साेमबार थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको नौ दशमलव ८७, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड नौ दशमलव ८५ र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य आठ दशमलव ६५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को शेयर मूल्य सात दशमलव ४३ले घटेको छ । कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको रु छ करोड २५ लाख ५२ हजार चार सय ४८ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र बढी सङ्ख्यामा शेयर कारोबार हुनेमा आइएमई लाइफ इन्स्योरेन्स छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट