एन्फाका अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग गर्दै निवेदन, ४९ सदस्यको हस्ताक्षर-Sutra News

एन्फाका अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग गर्दै निवेदन, ४९ सदस्यको हस्ताक्षर

सोमबार, २५ भाद्र २०८०

सोमबार, २५ भाद्र २०८०

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) का ४९ सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्ती मागसहित विशेष साधारण सभा बोलाउन निवेदन पेश दिएका छन्।



सोमबार एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन बुझाएका छन्।

क्लब, जिल्ला फुटबल संघ तथा महिला फुटबल संघ गरी ४९ साधारण सभा सदस्यले हस्ताक्षर गरेको निवेदन बुझाएका हुन्।

उनीहरुले बुझाएको निवेदनमा लेखिएको छ,‘वर्तमान अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धराशायी बनाउन उद्दत रहेको र सम्बन्धित व्यक्तिहरुलाई उक्त पदमा निरन्तरता दिदा नेपाल फुटबल भविष्यमा नै अतुलनीय क्षति पुर्याउँछ भन्ने हाम्रो ठहर हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट