ढाकारामले खुलाए मन्त्री बन्न रकम माग्ने रवि लामिछानेका ‘कोर टिम’का व्यक्ति-Sutra News

ढाकारामले खुलाए मन्त्री बन्न रकम माग्ने रवि लामिछानेका ‘कोर टिम’का व्यक्ति

सोमबार, २५ भाद्र २०८०

सोमबार, २५ भाद्र २०८०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं पूर्वसांसद डो ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउन पार्टी सभापति रवि लामिछानेका व्यक्तिले रकम मागेको प्रमाण पेस गरेका छन्।



आज एक राष्ट्रिय टेलिभिजनमार्फत रवि लामिछाने निकट मानिने केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रकम मागेको खुलाएका हुन्।

उनले आफूलाई मन्त्री बन्न अफर गरेको तर तीन करोड रुपैयाँ चाहिने ढाकारामले खुलाएका हुन्। मोहनजंग थापा रवि लामिछानेका निकस्टस्थ मानिन्छन्।

समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपियाँ रकम मागेको अडियो सार्वजनिक भएको थियो।

सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

श्रेष्ठले आफू मन्त्री लागेको तर त्यसका लागि ‘कोर टिम’का लागि दुई करोड चाहिने बताउँदै श्रेष्ठले प्रसाईंसँग कुराकानी गरेको अडियो संवादमा खुलेको थियो । सोही ‘कोर टिम’का सदस्यमध्येका एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपियाँ मागेको श्रेष्ठको दाबी छ ।

प्रसाईंसँगको अडियोबारे उनले भनेका छन्, ‘अझै पनि त्यो अडियोको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन । म पोखराको मान्छे, मुग्लिन गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडियोलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि ।’

प्रसाईंसँग एकपटक कुराकानी भएको र त्यसक्रममा आफूले मेडिकल क्षेत्रको मान्छे भएकाले सहयोगका लागि आग्रह गरेको बताएका छन् । प्रसाईंले नै सुनियोजितरूपमा अडियो सार्वजनिक गरेको आरोप उनको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट