नेम्बाङको निधनले शोकमा देश, अस्पताल नै पुगे शीर्ष नेता-Sutra News

नेम्बाङको निधनले शोकमा देश, अस्पताल नै पुगे शीर्ष नेता

मंगलबार, २६ भाद्र २०८०

मंगलबार, २६ भाद्र २०८०

काठमाडौँ। संविधान सभाका अध्यक्ष सुबास नेम्बाङको निधनले देश शोकमा परेको छ। आकस्मित निधनप्रति देशका शीर्ष नेताहरू आफू स्तब्ध भएको बताइरहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले निधनले मर्माहत भएको बताएका छन्।



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निधनप्रति दु:ख व्यक्त गरेका छन्। मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले दु:ख व्यक्त गर्दै नेम्बाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल पुर्याइएको थियो। अस्पताल पु¥याउनु पूर्व नै नेम्बाङको निधन भइसकेको अस्पतालले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट