नेम्वाङको निधनपछि एमालेका सबै कार्यक्रम स्थगित-Sutra News

नेम्वाङको निधनपछि एमालेका सबै कार्यक्रम स्थगित

मंगलबार, २६ भाद्र २०८०

मंगलबार, २६ भाद्र २०८०

काठमाडौँ। नेकपा एमालेले अर्को सूचना जारी नभएसम्मका लागि पार्टी र जनसंगठनका सबै कार्यक्रम स्थगित गरेको छ ।



पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि एमालेले सबै कार्यक्रम स्थगित गरेको हो । एमाले कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म पार्टी र जनसंगठनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए।

उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने उहाँले जानकारी दिए।

विज्ञप्तिमा भनिएको छ,’हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधनको जानकारी गराउनु पर्दा हामीलाई औधी पीडा भइरहेको छ । हाम्रो पार्टीका संसदीय दलका उपनेता तथा इलाम– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय नेम्वाङको आज बिहान १स्४० बजे त्रि।वि। शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट