काठमाडौं । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य बढेको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार सोमबारकै मूल्यमा मंगलबार पनि सुनको कारोबार भइरहेको छ ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ तोकिएको छ ।
यसअघि सोमबार भने आइतबारको तुलनामा मूल्य बढेको थियो ।
सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला एक हजार ४०५ रुपैयाँ पुगेको छ ।