एलआईसी नेपालका लगानीकर्ताले यस पटक पनि लाभांश नपाउने-Sutra News

एलआईसी नेपालका लगानीकर्ताले यस पटक पनि लाभांश नपाउने

मंगलबार, २६ भाद्र २०८०

मंगलबार, २६ भाद्र २०८०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश नबाढ्ने निर्णय गरेको हो ।



बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।

एलआईसी नेपालले आर्थिक वर्ष २०७७/७८मा पनि लाभांश वितरण गरेको थिएन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट