नेम्वाङको दृढताका कारण नै संविधान बन्यो : गगन थापा-Sutra News

नेम्वाङको दृढताका कारण नै संविधान बन्यो : गगन थापा

मंगलबार, २६ भाद्र २०८०

मंगलबार, २६ भाद्र २०८०

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुवास नेम्वाङको दृढताका कारण दोस्रो संविधानसभाबाट संविधान बनेको बताएका छन्।



मंगलबार दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न च्यासल पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेम्वाङले त्यसबेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।

उनले नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि बताए । थापाले ०६२/०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरूसँग संवाद गरेर काम गरेको र उनी साझा व्यक्तिको रूपमा स्थापित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट