काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामै आठ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य एक लाख ११ हजार दुई सय रुपैयाँ छ भने तेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँ छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ थियो भने तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ थियो ।
प्रतितोला १५ रुपैयाँले घटेको चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार ३९० रुपैयाँ छ ।
महासंघले अन्तराष्ट्रिय बजारमा आएको मूल्य हेरफेर र स्वदेशी बजारमा मागमा आएको कमीले मूल्य घटेको बताएको छ । अघिल्लो साता सुनको मूल्य निरन्तर बढीरहेको थियो ।