१२ करोडको क्याप हट्ने चर्चापछि शेयर बजारमा उत्साह-Sutra News

१२ करोडको क्याप हट्ने चर्चापछि शेयर बजारमा उत्साह

बुधबार, २७ भाद्र २०८०

बुधबार, २७ भाद्र २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन शेयर बजारमा उत्साह छाएको छ । हप्तौंसम्म १९ सयको बिन्दुमा अलमलिएको बजार दुई हजारको बिन्दुमाथि उक्लिएको छ ।



बुधबार ३९.४८ अंकले बढ्दै शेयर बजार २००७.०६ को बिन्दुमा उक्लिएको हो । समग्रमा बजारमा २ प्रतिशतको बृद्धि भएको छ ।

बढेको बजारमा कारोबार रकम पनि यसअघिको तुलनामा ह्वात्तै बढेको छ । बुधबार ५१ लाख ४४ हजार ७२४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँको भएको छ ।

बुधबार शेयर बजारका सबै समूह हरियाली बने । सबैभन्दा धेरै हाइड्रो र फाइनान्समा तीन प्रतिशतभन्दा बढीको बृद्धि हुँदा अन्यमा शरदर दुई प्रतिशतको बृद्धि रह्यो ।

बुधबार कारोबार आएमा २२८ कम्पनीमध्ये २१३ को मूल्य बढ्यो भने ११ कम्पनीको मूल्यमा सामान्य गिरावट आयो । चार कम्पनीको मूल्य स्थिर रह्यो ।

बुधबार चार कम्पनीको मूल्य सर्किट लेबलमा बद्धि भयो भने १६ कम्पनीको मूल्य ६ प्रतिशतभन्दा बढीले बृद्धि भयो ।

बजार बढ्दै गर्दा एनआईसी एसिया, सोल्टी होटल, एभरेष्ट बैंक लिमिटेड, शिवम् सिमेन्ट, आइएमई इन्स्योरेन्सलगायतका कम्पनीको कारोबार उच्चरुपमा भयो ।

लामो समयदेखि सुस्ताइरहेको बजारमा उत्साह ल्याउन अर्थमन्त्रालयले केही पहल अगाडि बढाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर कर्जाको सन्दर्भमा लगाउँदै आएको १२ करोड रुपैयाँको क्यापलाई हटाउने निर्देशन दिएका छन् ।

उनले संस्थागत कर्जाको हकमा सीमा नतोक्न र व्यक्तिगत कर्जालाई बढाएर २४ करोड पुर्‍याउन निर्देशन गरेका छन् । उनको निर्देशनको चर्चापछि शेयर बजार तात्तिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट