लिबिया बाढी : दुई हजार तीन सय जनाको मृत्यु, दश हजार बेपत्ता-Sutra News

लिबिया बाढी : दुई हजार तीन सय जनाको मृत्यु, दश हजार बेपत्ता

बुधबार, २७ भाद्र २०८०

बुधबार, २७ भाद्र २०८०

काठमाडाैं । पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएकाे रेडक्रसका अधिकारीले बताएका छन् ।



रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन् ।

लिबियाका अधिकारीहरूले ड्यानियल आँधीका कारण भएको मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा पूर्वी शहर डेर्नामा मात्र दुई हजारभन्दा बढीको मृत्यु भएको आशंका गरेका छन् । उनीहरुले दुई वटा नदीका बाँध भत्किँदा ठूलो हताहति भएको जनाउँदै ज्यान गुमाउनेको सङ्ख्या चार हजार पाँच सय नाघ्नसक्ने बताएका छन् ।

एकै शहरका तीस हजार बढी विस्थापित

बाढीका कारण लिबियामा दशौँ हजार विस्थापित भएका छन् । बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय संगठन (आईओएम)ले जनाएको छ ।

“पूर्वी शहर डेर्नामा मात्र कम्तीमा ३० हजार सर्वसाधारण  विस्थापित भएका छन् भने नजिकैका अन्य शहरहरूमा थप हजारौँ घरबारविहीन भएका छन्,” आईओएमले बुधबार एक विज्ञप्ति निकालेर बताएको छ ।

गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुई वटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट