काठमाडौं । अर्थमन्त्रालयले मन्त्रालयअन्तर्गतको विभिन्न विभागमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको छ ।
मंगलबार अर्थमन्त्रालय, ठूला करदाता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सार्वजनिक वित्त व्यवस्थापन, मध्यम स्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व विभागलगायतका कार्यालयका उपसचिवहरुको सरुवा गरिएको हो ।
अर्थमन्त्रालयमा कार्यरत इन्द्रबहादुर देवकोटा ठूला करदाता कार्यालय पुगेका छन् भने ठूला करदाता कार्यालयका ऋषिराम अधिकारी अर्थमन्त्रालयमा तानिएका छन् ।
सम्पत्ति शुद्धीकरणका ऋषिराम पोखरेल मध्यमस्तरीय करदाता कार्यालयमा पुगेका छन् भने सार्वजनिक वित्त व्यवस्थापनकी कमला खरेल आन्तरिक राजश्व कार्यालयमा पुगेकी छिन् ।
यस्तै, मध्यम स्तरीय करदाता कार्यालयका केशवकुमार उप्रेती अर्थमन्त्रालयमा तानिएका छन् भने आन्तरिक राजश्व विभागका गणेशप्रसाद नेपाल ठूला करदाता कार्यालयमा तानिएका छन् ।
अन्य को कहाँ पुगे ?