प्रकाश सपुतको भिडियोपछि प्रहरीको चेतावनी : स्वीकृति नलिइ प्रहरीको पोसाक प्रयोग नहोस्-Sutra News

प्रकाश सपुतको भिडियोपछि प्रहरीको चेतावनी : स्वीकृति नलिइ प्रहरीको पोसाक प्रयोग नहोस्

बुधबार, २७ भाद्र २०८०

बुधबार, २७ भाद्र २०८०

काठमाडौँ। नेपाल प्रहरीले आफ्नो पोशाक र सामग्री स्वीकृति नदिइ दुरुपयोग भएको भेटिए कारबाही गर्ने चेतवानी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय नेपाली चलचित्र, टेलिचलचित्र, सांगीतिक भिडियोलगायत विभिन्न सामाजिक सञ्जाल र स्टेज कार्यक्रममा प्रहरीको पोशाक प्रयोग गर्ने गरेको पाइएकाले विनास्वृीकृत त्यसो नगर्न अनुरोध गरेको छ ।

साथै, केही व्यक्ति र समूहद्वारा प्रहरीले व्यावसायिक रुपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने गरेकाले अब यस्तो नगर्न आग्रह गरिएको छ ।

यदि अब पनि यस्ता क्रियाकलाप गरेको पाइए प्रचलित कानूनबमोजिक कारबाही गरिने केन्द्रीय प्रवक्ता कुबेर कडायतले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

केही दिनअघि प्रकाश सपुतको भिडियोमा प्रहरीको बर्दी प्रयोग भएको थियो। जुन भिडियोको चौतर्फी आलोचना भयो। आलोचनापछि सपुतले विवादास्पद क्लिप हटाए। यसपछि प्रहरीले स्वीकृति लिएर मात्र पोसाक प्रयोग गर्न चेतावनी दिएको हो।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट