काठमाडौं । बुधबारको तुलनामा नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबार बुधबारकै मूल्यअनुसार सुनको कारोबार भइरहेको छ । महासंघले जनाएअनुसार छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ छ भने तेजाबी सुन एक लाख १० हजार छ सय ५० रुपैयाँ छ ।
सुनको मूल्य स्थिर रहँदा चादीँको मूल्य भने घटेको छ । बुधबारको तुलनामा चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घट्दै प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँ पुगेको छ ।
चाँदी मंगलबारदेखि नै निरन्तर ओरालोमा छ । मंगलबार प्रतितोला एक हजार चार सय पाँच रुपैयाँ रहेको चाँदी दुई दिनमै २० रुपैयाँले घटेको छ ।