काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले २०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा १०.५३ प्रतिशत नगद र १० प्रतिशत शेयर बोनस रहेको छ ।
गत आर्थिक वर्षको वित्तीय विवरणलाई हेर्दा, बैंकले नाफाको ४० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने क्षमता राख्दछ । तर, बैंकले सानो अंशमा मात्रै वितरणको निर्णय गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षमा १३ प्रतिशत शेयर बोनस ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।