हृदयघात हुँदै गर्दा यस्ता देखिन्छन् संकेत, ध्यान दिए जाेगिन सक्छ ज्यान-Sutra News

हृदयघात हुँदै गर्दा यस्ता देखिन्छन् संकेत, ध्यान दिए जाेगिन सक्छ ज्यान

बिहिबार, २८ भाद्र २०८०

बिहिबार, २८ भाद्र २०८०

धेरै मानिसहरूले हृदयघातको प्रारम्भिक लक्षणहरूलाई बेवास्ता गर्छन् । जसकाे परिणाम ज्याने जाने अवस्था पनि बन्छ ।



हृदय रोगबाट मृत्यु हुने प्रत्येक छमध्ये एक जना मानिसले प्रारम्भिक संकेतहरूलाई वेवास्था गर्ने गरेकाे एक अध्ययनले देखाएकाे छ । बेलायतमा गरिएको एक अध्ययनमा यो कुरा बाहिर आएको हो ।

यस सम्बन्धमा, अनुसन्धानकर्ताहरूले २००६ र २०१० बीच हृदयघात र मृत्युको कारण अस्पतालमा भर्ना भएका बिरामीहरूको सबै घटनाहरु अध्ययन गरेका थिए । इम्पेरियल कलेज लण्डनको टोलीले अनुसन्धानमा १६ प्रतिशतमा अस्पतालमा भर्ना भएका बिरामीको २८ दिनभित्र मृत्यु भएको पत्ता लगाएका थिए ।

यी बिरामीहरू सबैले छाती दुखेको बताएका थिए । तर, उनीहरुले निरन्तरकाे दुखाईलाई भने ध्यान दिएनन् । इम्पेरियल कलेजको स्कुल अफ पब्लिक हेल्थसँग सम्बन्धित अनुसन्धानकर्ताहरूले यस सम्बन्धमा थप अनुसन्धानको ‘अत्यावश्यक आवश्यकता’ रहेको बताएका छन् ।

हृदयाघात हुँदै गर्दा यस्ता देखिन्छन् संकेत

– छाती दुख्ने, छातीमा दबाब, मुटुको बिचमा कसिलोपन महसुस हुनु ।

– शरीरका अन्य भागहरूमा दुखाइ : छातीदेखि हातसम्म पीडा महसुस हुनु ।

– सामान्यतयाः बायाँ हात धेरै दुख्नु । बङ्गारा, घाँटी, ढाड र पेट दुख्नु ।

– मनमा बेचैनी हुने र चक्कर लाग्ने हुनु ।

– अत्याधिक पसिना आउनु ।

– सास फेर्न गाह्रो हुनु ।

– वाकवाकी लाग्ने, बान्ता होला जस्तो हुन्छ ।

– खोकी लाग्ने, सास फेर्न गाह्रो हुने हुन्छ ।

हृदयाघातले प्रायः छाती दुख्ने गर्छ, तर कतिपयले हल्का दुखेको मात्र बताउँछन् । तथापी केही अवस्थामा छाती नदुखेको उदाहरण पनि छन् । विशेषगरी महिला, वृद्ध र मधुमेह भएका व्यक्तिहरूमा नदुख्ने लक्षण पनि देखिएकाे बताइएकाे छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट