काठमाडौँ। काठमाडौं र ललितपुरका केही ठाउँमा आज (शुक्रबार)देखि विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु सबस्टेसनबाट तीन दिन ‘सटडाउन’ गर्न लागेकोले केही ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ।
त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिनसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।
त्यसैगरी ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।