चकलेट खानु पनि स्वास्थ्यका लागि फाइदाजनक, जान्नुहोस् तथ्य-Sutra News

चकलेट खानु पनि स्वास्थ्यका लागि फाइदाजनक, जान्नुहोस् तथ्य

शुक्रबार, २९ भाद्र २०८०

शुक्रबार, २९ भाद्र २०८०

सामान्यतयाः धेरैले चकलेट खानुलाई हानिकार रूपमा लिन्छन् । चकलेटले दाँत, घाँटी र पेटलगायतसम्बन्धी समस्या ल्याउने धेरैकाे बुझाइ छ । तर, अध्ययनले चकलेट स्वास्थका लागि लाभदायक भएकाे पुष्टि गरेकाे छ ।



अहिले विश्वमा सबैभन्दा धेरै मानिसहरू कोकोआबाट बनेको चकलेट खान्छन् । अमेरिका र युराेपमा चकलेटलाई खानाकै रूपमा पनि प्रयाेग गर्दछन् ।

अनुसन्धानले चकलेटले ब्लड प्रेसरमा फाइदादेखि लिएर मस्तिष्कको उचित कार्य कायम राख्न मद्दत गरेकाे भेटिएकाे छ । चकलेटले कोलेस्ट्रोलको समस्यालाई नियन्त्रणमा ल्याउन पनि भूमिका खेलेकाे देखिन्छ ।

चकलेट बच्चा होस् वा ठूला सबैलाई मनपर्छ । तथापी, स्वास्थ्य र दाँतलाई नोक्सान नहोस् भनेर अभिभावकले आफ्ना छोराछोरीलाई नियमअनुसार चकलेट खुवाउँछन् । यदि चकलेट दैनिक रूपमा सीमित मात्रामा खाइन्छ भने यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने तथ्यले बताएको छ । आउनुहोस् जानौं चकलेटका यस्ता गुणहरू जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ –

प्राकृतिक पेनकिलरकाे काम गर्छ

जसलाई एक्कासी चक्कर आउने वा कम रक्तचापको समस्या छ, उनीहरूले सधैं चकलेट साथमा राख्नुपर्छ। जब तपाई कमजोर महसुस गर्नुहुन्छ, तुरुन्तै चकलेट खानुहोस्। यसले शरीरलाई तत्काल ऊर्जा दिन्छ। चकलेट खाँदा शरीरमा एन्डोफिसिन नामक हर्मोन निस्कन्छ । त्यसैले चकलेट खाँदा दुखाइ कम हुन्छ । यसले प्राकृतिक पेनकिलर जस्तै काम गर्छ।

मधुमेह र तनाव हटाउन मद्दत गर्छ

डार्क चकलेटमा पाइने फ्लेभोनोइड र ग्लाइसेमिक रसायनले मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ। चकलेट खाँदा इन्सुलिनको प्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण शरीरमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । चकलेटमा मुड सुधार्ने र तनाव कम गर्ने गुण हुन्छ। जब तपाई खराब मुडमा हुनुहुन्छ भने केहि चकलेट खानुहोस्। तपाईंले राम्रो महसुस गर्नुहुनेछ।

मानसिक रोगहरूमा लाभदायक

चकलेटमा फ्लाभानोल्स रक्त परिसंचरण सुधार गर्दछ। त्यसैले मानसिक रोगमा चकलेट खानु फाइदाजनक हुन्छ ।

रक्तचापमा लाभदायक

चकलेट खाँदा रक्तचाप सधैं नियन्त्रणमा रहन्छ । डार्क चकलेटमा ठूलो मात्रामा फ्लेभोनोइड्स र एन्टी-अक्सिडेन्ट पाइन्छ। हप्तामा दुई वा तीन पटक थोरै मात्रामा चकलेट खाँदा रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट