फेरि बढ्यो सुनचाँदीको मूल्य-Sutra News

फेरि बढ्यो सुनचाँदीको मूल्य

शुक्रबार, २९ भाद्र २०८०

शुक्रबार, २९ भाद्र २०८०

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन एक लाख ११ हजार दुई सय ५० रुपैयाँ पुगेको छ ।

महासंघले जनाएअनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा छ सय रुपैयाँले बृद्धि भएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ थियो भने तेजाबी सुन एक लाख १० हजार छ सय ५० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँ पुगेको छ । महासंघले जनाएअनुसार बिहीबारभन्दा चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले बृद्धि भएको छ ।

आन्तरिक बजारको माग र अन्तराष्ट्रिय बजारमा हुने घटबढले नेपाली बजारमा पनि मूल्य घटबढ हुने महासंघको भनाइ छ । चाडपर्व नजिकिएसँगै नेपाली बजारमा सुनचाँदीको मूल्य क्रमशः बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट