काठमाडाैं । एनआइसी एशिया बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणकाे घाेषणा गरेकाे हाे ।
बैंकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
पूँजीकोष नपुर्याउदा बैंकले विगत दुई आर्थिक वर्षदेखि लाभांश वितरण गर्न पाएको थिएन। नगद लाभांश वितरण गर्दा बैंकको पूँजीकोषमा दबाव पर्नसक्ने भएकोले उसले बोनस शेयरमा बढी जोड दिएको छ।
हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।