काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई ध्यानमा राख्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भाद्र २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ ।
‘हर मोडमा उमंग’ योजनाअन्तर्गत नकिन्दै ‘डब्लुडब्लडब्लु टिभिएस नेपाल डटकम÷दशैं’मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दश लाखसम्म जित्ने मौका रहेको छ । हरेक महिना एक सय प्रतिशत क्यास ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाखसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।
साथै, कम्पनीले एक्सचेन्जमा १० हजारसम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत ईन्ट्रेस्ट र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर घर लैजान सकिने सुविधापनि दिएको । त्यसैगरी जीवनभरका लागि वारेन्टी सुविधापनि दिइने कम्पनीले बताएको छ । विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन–मस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।