काठमाडाैं । सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शेयरधनीका लागि लाभांश घाेषणा गरेकाे हाे ।
बैंकले १४ प्रतिशत लाभांश दिने निर्णय गरेकाे छ । जसअनुसार ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश रहेकाे छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड एक लाख १५ हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत बोनस वितरण गरेको थियो। गत वर्षभन्दा यसपटक बैंकले लाभांश दर बढाएकाे छ ।