काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको रु ३ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । मूल्यवृद्धि भएसँगै पट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ ।
भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । शनिबार बिहान १ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।