काठमाडौँ। एसिया कपअन्तर्गत क्रिकेटमा बंगलादेशले भारतलाई पराजित गरेको छ ।
गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतविरुद्ध ६ रनको रोमाञ्चक जीत हात पारेको हो । फाइनलमा पुग्न नसके पनि बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ ।
बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २५९ रन बनाएर अलआउट भयो । भारतका लागि ओपनर शुभमन गिलले १२१ रनको शतकीय पारी खेले पनि टोलीलाई जीत दिलाउन भने सकेनन् ।
बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २र२ विकेट लिए ।
त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो ।
हारका बाबजुत भारत समूह विजेताको रूपमा फाइनल पुगेको छ । भारतले उपाधिका लागि आइतबार घरेलु टोली श्रीलंकासॅंग खेल्ने छ। बिहीबार पाकिस्तानलाई पराजित गर्दै श्रीलंका फाइनल पुगेको थियो।