काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले नाडा शोमा फरक शैलीमा स्टल राखेर आउने ग्राहलाई बाइ वान गेट वान फेसिलीटी उपलब्ध गराउँदै आइरहेको छ ।
बाइ वान गेट वान फिर्र फेसिलीटीअन्तर्गत ३०० कि मि वुलिंग किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउनेछन् भने ग्राहकले वुलिंगको स्टलबाट त्यही बसेर फाइनान्सको सुबिधा, गाडी एस्क्चेंजको सुबिधा पाउने छन् ।
नाडा अटो शोमा रहेको वुलिगको स्टलमा राखिएको तस्बिर प्रदशनीमा देशको सस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्रय पर्यटन प्रबर्द्धन होस् भनेर कम्पनीले तस्बिर प्रर्दशनीमा राखेको छ जसमा जनकपुरधाम , कुमारी ,स्वयम्भु , बसन्तपुर दरबार , डमरु इत्यादि सम्पूर्ण कुरा समावेश गरिएको छ ।
२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २०लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ नाडा शोमा वुलिंगको स्टलमा बुकिंग गर्ने ग्राहकको भिड छ भने अहिले सम्म ५९ ओटा बुकिंग भैसकेको छ । १०० को स्पिडमा कुदाउन मिल्ने र रिमोट बाट नै अन अफ हुने इन्डोनेसिएन प्रोडक्ट वुलिंग हो ।
नाडा शो १२ देखि १७ सेप्टेम्बर २०२३ सम्म भृकुटिमण्डपमा हुने छ भने आइतबार अन्तिम दिन हो र अन्तिम दिनसम्म कम्पनीले १०० ओटा बुकिंग लिने लक्ष्य बनाएको छ
वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसियालगायत विश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।
ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल ९ जीएसईभी प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले तीन सय किलोमिटरसम्मको रेन्ज दिन्छ ।
अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।
रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरणसमेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । बज्र ग्रुप ३१ वर्ष पुरानो ब्यापारीक घरना हो ।
काठमाडौ को नक्साल, भैसेपाटी, भक्तपुर मा आधिकारिक शोरुम बाट बिक्री भैरहेको छ । नेपाल भरी रहेको ५१ भन्दा बढि नेपाल बिधुत प्राधिकरणको चार्जिङ्ग स्टेसनबाट सजिलै तीन घन्टामा फुल चार्ज गर्न सकिने । यो इन्डोनेसियाबाट आयात गरेको सन्सारको बलियो सिटि कार हो ।