सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश, बाेनस कति ?-Sutra News

सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश, बाेनस कति ?

आइतबार, ३१ भाद्र २०८०

आइतबार, ३१ भाद्र २०८०

काठमाडाैं । सिटिन्जस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।



बैंकले यसपटक नगद लाभांश मात्रै वितरण गर्ने भएकाे छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँ ९६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट