४५ काे उमेरकाे अनुहार २५ काे जस्ताे कसरी बनाउने ? जान्नुहाेस् पाँच तरिका-Sutra News

४५ काे उमेरकाे अनुहार २५ काे जस्ताे कसरी बनाउने ? जान्नुहाेस् पाँच तरिका

आइतबार, ३१ भाद्र २०८०

आइतबार, ३१ भाद्र २०८०

उमेर बढ्दै जाँदा मानिसकाे छाला पनि क्रमशः चाउरिँदै शुख्खा बन्दै जान्छ । सँगै छालाकाे चम्किलाेपन र सुन्दरता पनि घट्दै जान्छ । यस्ताेमा छालालाई कसिलो बनाइ राख्नका लागि विभिन्न उपाय अपनाउन सकिन्छ । घरमै समेत गर्न सकिन त्यस्ता उपायले तपाईंकाे छाला निकै सुन्दर हुनसक्छ ।



एन्टिअक्सिडेन्ट खानेकुरा खानुहोस्

बढ्दो उमेरसँगै छालालाई कडा बनाइराख्न एन्टिअक्सिडेन्ट खानेकुराको सेवन गर्नुहोस् । भिटामिन–ए, डी, ई, ओमेगा थ्री फ्याटी एसिडले भरपूर रहेका खानेकुरा खानुहोस् । यीमध्ये भिटामिन सी सबैभन्दा महत्त्वपूर्ण छ । यसले छालामा कोलाजनको मात्रा बढाउँछ र छाला खुकुलो हुने समस्याबाट बचाउँछ । अम्वा, सुन्तला, अकबरे खुर्सानी, हरियो डल्ले खुर्सानी, जुनार,गोलभेडा, स्ट्रोबेरी लगायतका फलफूलमा प्रसस्त मात्रामा भिटामीन सी पाइन्छ ।

तनाव कम गर्नुहोस्

अत्यधिक तनावले कपाल झर्ने मात्र होइन छालामा पनि असर पर्छ । यसकारण पनि तनाव लिनबाट जोगिनुपर्छ । पर्याप्त मात्रामा पानी पिउनुहोस् । तनाव कम गर्न ध्यान र योग पनि गर्नुहोस् ।

स्क्रबिङ पनि गर्नुहोस्

हप्तामा एक पटक अवस्य छाला स्क्रबिङ गर्नुहोस् । यसका लागि चिनी र जैतूनको तेल प्रयोग गर्न सकिन्छ । स्क्रबिङ पछि छालालाई हाइड्रेटेड राख्नको लागि एलोवेरा जेलको प्रयोग पनि महत्त्वपूर्ण मानिन्छ ।

मसाज गर्नुहोस्

बढ्दो उमेरसँगै छाला खुकुलो हुनथाल्छ । त्यसैले अनुहारको मसाज गर्नु प्रभावकारी उपाय हो । यसले छालालाई टाइट र हाइड्रेटेड पनि राख्छ । अनुहारको मसाजका लागि नरिवलदेखि जैतुनको तेल प्रयोग गर्न सक्नुहुन्छ ।

पर्याप्त सुत्नुहोस्

छालालाई कसिलो बनाउनका लागि तथा अनुहारमा ग्लो कायम राख्नको लागि राम्रो डाइटसँगै पर्याप्त निद्रा पनि महत्त्वपूर्ण हुन्छ । त्यसैले राती कम्तिमा ७–८ घण्टा सुत्नुहोस् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट