गैह्रीगाउँ सामूहिक हत्याकाण्ड : बोल्न नसक्ने भण्डारीले लिए सबैको ज्यान-Sutra News

गैह्रीगाउँ सामूहिक हत्याकाण्ड : बोल्न नसक्ने भण्डारीले लिए सबैको ज्यान

आइतबार, ३१ भाद्र २०८०

काठमाडौँ। काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा शनिबार राति भएको चार जनाको हत्या प्रकरणमा एकजना बोल्न नसक्ने व्यक्तिले आफ्नो संलग्नता स्वीकारेका छन्।

महानगरीय प्रहरी परिसर टेकुमा उनले फर्निचरमा पसेर आफूले चारजनाको हत्या गरेको स्वीकारेको एकजना प्रहरी अधिकारीले जानकारी दिए।

‘आई किल्ड फोर पिपुल’, बोल्न नसक्ने उनले लिखित रुपमा चारजनाको हत्यामा आफ्नो संलग्नता प्रहरीसमक्ष सकारेका हुन्।

चारजनाको हत्यामा आफ्नो संलग्नता स्वीकारेपछि परिसरमा सार्वजनिक गरिँदैछ। प्रहरीले सिन्धुपाल्चोकका भण्डारीलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको थियो।

गैह्रीगाउँस्थित दिव्य स-मिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको थियो। सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
      सम्बन्धित समाचार

      ताजा अपडेट