श्रीलंकामाथि सानदार जित निकाल्दै भारतले जित्योे उपाधि-Sutra News

श्रीलंकामाथि सानदार जित निकाल्दै भारतले जित्योे उपाधि

आइतबार, ३१ भाद्र २०८०

आइतबार, ३१ भाद्र २०८०

काठमाडौँ। फाइनलमा घरेलु टिम श्रीलंकालाई १० विकेटले हराउँदै एसिया कप–२०२३ को उपाधि भारतले जितेको छ । भारतले आठौँपटक एसिया कपको उपाधि जितेको हो ।



यसअघि भारतले पछिल्लोपटक सन् २०१८ मा एसिया कपको उपाधि जितेको थियो ।

प्रेमादसा रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा विकेट नगुमाई पूरा गर्‍यो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो नै भारतले सबैभन्दा कम ओभरमा निकालेको जित हो । यसअघि भारतले सन् २००१ मा केन्याविरुद्ध ११.३ ओभरमा जित निकालेको थियो ।

भारतको जितमा शुभमन गिल र इशान शर्मा क्रमशः २७ र २३ रनमा अविजित रहे ।

त्यसअघि मोहम्मद सिराजले एकदिवसीय अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट बलिङ गरेपछि टस जितेर ब्याटिङमा आएको घरेलु टिम १५।२ ओभरमा ५० रनमै समेटिएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाले बनाएको यो अहिलेसम्मकै दोस्रो सबैभन्दा कम योगफल हो ।

यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा श्रीलंका ४३ रनमा अल आउट भएको थियो । यस्तै, एसिया कपको फाइनलमा बनेको यो अहिलेसम्मकै सबैभन्दा सानो योगफल हो ।

घरेलु टिमलाई सस्तैमा समेट्न घातक बलिङ गरेका भारतका सिराजले ६ विकेट लिएका थिए । सात ओभर बलिङ गरेका सिराजले एक मेडन राख्दै २१ रन खर्चिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सिराजको यो अहिलेसम्मकै उत्कृष्ट स्पेल हो।

यसअघि ३२ रन खर्चेर चार विकेट लिनु नै सिराजको उत्कृष्ट स्पेल थियो ।

श्रीलंकाविरुद्ध सिराजले चौँथो ओभरमा चार, छैटौँ ओभर र १२औँ ओभरमा समान एक विकेट लिएका थिए ।

यसबाहेक, हार्दिक पन्ड्याले तीन विकेट लिँदा जसप्रित बुमराहले एक विकेट लिए ।

भारतीय बलरसामु निरीह देखिएका श्रीलंकाका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । कुशल मेन्डिसले १७ रन र दुसन हेमान्थाले १३ रन जोड्नु नै श्रीलंकन ब्याटरबाट बनेको दोहोरो अंकको रन बन्यो । श्रीलंकाका चार ब्याटर शून्यमा आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट