हृदयघात हुनबाट कसरी जोगिने ? यस्ता छन् डा. ओममूर्ति अनिलका सुझाब-Sutra News

हृदयघात हुनबाट कसरी जोगिने ? यस्ता छन् डा. ओममूर्ति अनिलका सुझाब

सोमबार, १ असोज २०८०

सोमबार, १ असोज २०८०

पछिल्लो समय हृदयघात हुनेको संख्या विश्वभरी नै बढिरहेकाे छ । विश्वमा अधिकांश मानिसको मृत्युको कारण मुटुरोग बन्ने गरेको छ ।



सबैभन्दा गम्भीर खालकाे बनेकाे हृदयघातकाे समस्या पछिल्लाे समय युवाहरू बढी देखिन थालेकाे छ । आधुनिकताका नाममा बढेको रहन सहन र खान पानको कारणले यस्तो भएको धेरै स्वास्थ्य विज्ञको अभिमत छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले हृदयघातबाट बच्नका लागि सुझाएका छन् । डा. अनिलले हृदयघातबाट बच्नका लागि सुझाएका १० सुझाब यस्ता छन्–

चुरोट सेवन नगर्ने

डा. अनिलले पहिलो उपाय चुरोट सेवन नर्गन सुझाउँछन् । चुरोटको सेवनले हृदयघातको जोखिम धेरै हुने र चुरोटको सेवन गर्ने युवाहरुमा हृदयघातको सम्भवना बढी हुन्छ । त्यसैले पनि चुरोटको सेवन पूर्णरुपमा बन्द गर्न सुझाव दिन्छन् डा. अनिल ।

मदिरा सेवन नगर्ने

त्यस्तै मदिराको सेवनले पनि हृदघातको खतरा हुन्छ । मदिरा सेवन गर्ने र एकैदिनमा धेरै सेवन गर्नेहरु मानिसहरुको मुटुको रक्तनलीमा समस्या आउने र हृदयघात हुने सम्भावना बढी हुन्छ ।

दैनिक आधा घण्टा बढी हिँड्नु

एउटा स्वस्थ्य व्यक्तिले दैनिक ३० देखि ६० मिनेट (३ देखि ६ किलोमिटर) छिटो–छिटो हिड्नुपर्ने तथा जोखिम रहेका व्यक्तिहरुले १ घण्टा बढी हिँड्न सकेमा यसले पनि मुटुरोग र हृदयघातको जोखिमबाट बचाउँछ । डा. अनिल शारिरीक गतिबिधि गर्ने कुनै पनि तरिका अपनाउन सकिने बताउँछन् । आफ्नो शरीरलाई सहज हुने जस्तै– साइकिल चलाउने, दौडिने, ट्रेडमिलमा हिँड्ने, स्विमिङ गर्ने, वा हिँड्ने गर्न सकिन्छ ।

तौल नियन्त्रण गर्नुहोस्

मोटोपनका कारण पनि मुटुरोगको जोखिम बढ्दछ । डा. अनिलका अनुसार यदि तपाईले तौल घटाउनु भयो भने हृदयघात हुने जोखिम १० प्रतिशतले कम हुन्छ ।

स्वस्थ्य आहारको सेवन

खानामा नुन, चिनी र चिल्लो कम गर्न सुझाव दिन्छन् डा अनिल । यो शरिरका लागि स्वस्थ्यवद्र्धक नहुने हुनाले यीनमा स्याचुरेटेड फ्याटको प्रयोग बढी भएका कारण यसको प्रयोग कम गर्नुपर्ने हुन्छ । खानामा नुन, चिनी र चिल्लाको बढी प्रयोग हुँदा यसले कोलेष्ट्रोल, सुगर, विपि लगायतका समस्या बढाउने गर्दछ । साथै रेडिमेड खाना जसमा यी पदार्थहरुको बढी प्रयोग भएको हुनाले हानिकारक हुन्छ ।

फलफूल र हरियो तरकारीको प्रयोग

दैनिक खानामा प्रशस्त मात्रामा फलफूल, हरियो तरकारी तथा सागसब्जी र माछा बढी प्रयोग गर्न सुझाउछन् डा.अनिल । दिनमा दुईदेखि तीनपटकसम्म ताजा फलफुल र तीनदेखि पाँचपटकसम्म हरियो सागसब्जी खानुपर्ने तथा कुनै पनि केमिकल प्रयोग नगरेको शुद्ध माछाम पाइएमा त्यसलाई कम तेल र फ्राइ धेरै नगरिकन पकाएर खान सकियो भने माछामा भएको राम्रो कोलेस्ट्रोलले शरिरलाई फाइदा गर्छ । साथै सागसव्जीमा फाइवरको मात्रा बढी पाइने हुनाले यसले खराब कोलेष्ट्रोल घटाउन सहयोग गर्नुका साथै उच्च रक्तचापलाई पनि नियन्त्रण गर्छ । त्यस्तै ड्राइ फ्रुट्स पनि स्वास्थ्यका लागि अत्यन्त्यै फाइदाजनक हुने बताउँछन् डा. अनिल ।

खानामा भातको मात्र कम गर्ने

खानामा सकेसम्म भातको मात्रा कम गर्नुपर्ने बताउँछन् डा. अनिल । खानामा दाल तथा गेडागुडीको मात्रा बढायौं भने त्यसले फाइदा गर्दछ । चामलभन्दा उसिनाको चामल, गहुँ र जौंलाई दैनिक प्रयोगमा ल्याउँदा राम्रो हुन्छ ।

सुगरको चेक गराउनुहोस्

यदि तपाई ४० वर्ष पुगिसक्नु भयो भने खालीपेटमा ब्लडसुगर र कोलेष्ट्रोलको चेक गराउँदा राम्रो हुन्छ । साथै एक दुई महिनाको फरकमा ब्लडप्रेसर चेक गराउन सुझाव दिन्छन् डा.अनिल । यदि सुगर कोलेष्ट्रोल बढेको छ भने त्यसलाई तुरुन्तै नियन्त्रणमा लिनुपर्ने हुन्छ । त्यसका लागि औषधिको प्रयोग वा जीवनशैलीमा सुधार ल्याउनु जरुरी हुन्छ ।

औषधिको निरन्तर प्रयोग गर्न जरुरी

यदि तपाई प्रेसर, सुगर र कोलेष्ट्रोलको औषधि सेवन गरिरहुन भएको छ भने त्यसलाई निरन्तरता दिनुपर्ने बताउँछन् डा अनिल । त्यस्ता व्यक्तिमा हुदयघातको जोखिम हुने भएकाले औषधिको निरन्तररुपमा गर्न सुझाव दिन्छन् डा. अनिल ।

तनावबाट टाढा रहनुहोस्

हृदयघातबाट बच्नका लागि महत्वपूर्ण कुरा तनावबाट टाढा रहनु र रिसलाई कम गर्न जरुरी हुन्छ । ती पनि हृदयघातको जोखिम ल्याउने लुकेका कारण हुन् ।

यदि यी दश वटा उपाय अपनाएमा स्वस्थ्य व्यक्ति तथा हृदयधातको जोखिम भएका व्यक्तिलाई हृदयघात हुने जोखिम ९० प्रतिशत कम हुने डा. अनिल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट