महानगरले तिरायाे टिपटप मिठाई पसललाई दुई लाख जरिवाना-Sutra News

महानगरले तिरायाे टिपटप मिठाई पसललाई दुई लाख जरिवाना

सोमबार, १ असोज २०८०

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले टिपटप मिठाई पसललाई रु दुई लाख जरिवाना गरेको छ ।

बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए ।

महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिबचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेशसमेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
      ताजा अपडेट
      सम्बन्धित समाचार

      ताजा अपडेट