नौबिसे-मलेखु सडक खण्डमा बुधबारदेखि रातिमा यातायात नचल्ने-Sutra News

नौबिसे-मलेखु सडक खण्डमा बुधबारदेखि रातिमा यातायात नचल्ने

मंगलबार, २ असोज २०८०

मंगलबार, २ असोज २०८०

काठमाडौं । बुधबार रातिदेखि पृथ्वी राजमार्गअन्तर्गतकाे नौविसे-मलेखु सडक खण्डमा यातायात अवागमन अवरुद्ध हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक विज्ञप्ति जारी गर्दै उक्त सडक खण्ड असोज ३ देखि २० गतेसम्म बन्द हुने जनाएकाे हाे ।



जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडक विस्तारका लागि यातायात अवागमन राेकिएकाे हाे । जिप्रका धादिङले जनाएअनुसार राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक अवागमन राेकिनेछ ।

तथापी, एम्बुलेन्स र सुरक्षा निकायका सवारी अवागमनमा कुनै समस्या नहुने जनाइएकाे छ ।

यससँगै काठमाडौंबाट जाने सवारी थाक्रेस्थित एक्लेफाँट र चितवनतर्फबाट आउने सवारी गजुरीस्थित घाटवेशी पुलमै रोकिनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट