काठमाडौँ। बार्सिलोनाले च्यम्पियन्स लिगको पहिलो खेलमा एन्टवर्पविरुद्ध ५-० को फराकिलो जित निकालेको छ ।
जितसँगै समूह ‘एच’ को बार्सिलोनाले तीन अंक जोड्दा एन्टवर्पले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जिजत दिलाउन जाआओ फेलिक्सले दुई तथा रोबर्ट लेवान्डोस्की र गाभीले समान एक गोल गरे । एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।
खेलको ११औं मिनेटमा फेलिक्सको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। आठ मिनेटपछि लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए ।
२२औं मिनेटमा जेली बेटालीबाट आत्मघाती गोल हुने पुग्दा सिटी ३-० ले अगाडि बढ्यो । ५४ औं मिनेटमा गाभीले टोलीका लाथि चौथो गोल गरे ।
६६ औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-० को फराकिलो जित दिलाए ।
यही समूहको अर्को खेलमा पोर्टोले शाख्तर डोनेस्कमाथि ३-१ को जित निकाल्यो ।