कीम फर्किएलगत्तै पुटिनलाई भेट्न चिनियाँ विदेशमन्त्री रुसमा-Sutra News

कीम फर्किएलगत्तै पुटिनलाई भेट्न चिनियाँ विदेशमन्त्री रुसमा

बुधबार, ३ असोज २०८०

बुधबार, ३ असोज २०८०

काठमाडौं । उत्तर कोरियाका राष्ट्रपति कीम जोङ उन फर्किएलगत्तै चिनियाँ विदेशमन्त्री वाङ यी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका छन् । विदेशमन्त्री वाङ मंगलबार रुस पुगेका हुन् ।



अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार मंगलबार नै चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभबीच भेटवार्ता भएको छ । लाभ्रोभसँगको भेटवार्तापछि वाङले पुटिनलाई भेट्ने जनाइएको छ ।

बताइएअनुसार रुसी राष्ट्रपतिको गृहनगरमा भेटवार्ता हुनेछ ।

युक्रेन युद्धसँगै एक्लिएको रुसले चीन र उत्तर कोरियासहितका देशसँग एलाइन्स बनाउने प्रयास थालेको छ । उत्तर कोरियाली राष्ट्रपतिसँगको भेटवार्तापछि रुसले चिनियाँ टोलीलाई बोलाएको हो ।

बताइएअनुसार चिनियाँ राष्ट्रपतिको प्रतिनिधिको रुपमा वाङ रुस पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट