एसियाली खेलकुदको पुरुष भलिबलमा नेपाल स्तब्ध-Sutra News

एसियाली खेलकुदको पुरुष भलिबलमा नेपाल स्तब्ध

बुधबार, ३ असोज २०८०

बुधबार, ३ असोज २०८०

काठमाडौँ। इरानसँग ३–० को सोझो सेटमा पराजित भएपछि चीनमा जारी १९औँ एसियाली खेलकुदको पुरुष भलिबलमा नेपालको चुनौती समाप्त भएको छ ।



होङझाउस्थित चाइन टेस्क्सटायल सिटी सेन्टरमा भएको खेलमा इरानले पहिलो सेट २५–९ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो र तेस्रो सेटमा नेपालले आफ्नो प्रदर्शनलाई सुधारे पनि हार टार्न भने सकेन । दोस्रो सेट २५–१५ ले जितेको इरानले तेस्रो सेट २५–१३ ले जितेपछि पुरुष भलिबलमा नेपालको चुनौती समाप्त भएको हो ।

समूह ‘बी’ मा रहेको नेपाल यसअघि आफ्नो पहिलो खेलमा बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो । समूहबाट शीर्ष दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।

एसियन खेलकुदको आधिकारिक उद्घाटन असोज ६ गतेदेखि हुने भए पनि मंगलबारबाट विभिन्न खेलमा प्रतिस्पर्धा सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट