के काठमाडौँका अन्य रुटमा पनि चल्दैछन् द्रुत बस?-Sutra News

के काठमाडौँका अन्य रुटमा पनि चल्दैछन् द्रुत बस?

बुधबार, ३ असोज २०८०

बुधबार, ३ असोज २०८०

काठमाडौँ। सरकारले उपत्यकाका अन्य रुटमा पनि द्रुत बस सञ्चालनमा ल्याउने तयारी थालेको छ। सर्वसाधारणलाई छिटो र सजिलो तरिकाले गन्तब्य स्थान पुर्याउन सरकारले काठमाडौँ बाहिर पनि द्रुत बस चलाउने तयारी थालेको हो। आजबाट काठमाडौँ उपत्यकामा भने द्रुत बस सञ्चालनमा आएको छ।
द्रुत बस सेवा रत्नपार्क–सूर्य विनायकसम्म आजबाट यात्रु बोक्नेछन्।



भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा मात्रै सीमित नहुने भन्दै सरकारले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगन्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै बिस्तार गर्दै लैजानेबताएका छन्।
बुधवार संविधान दिवसको अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

उनले बिहान र बेलुका अफिस समयमा धेरै यात्रुको चाप हुने र धेरै बसहरूको आवश्यकतालाई ध्यानमा राखेर यात्रुहरूको सहजताको लागि बिहान–बेलुका दुई–दुई घण्टा द्रुत बस सेवा शुभारम्भ गरिएको बताए । उनले द्रुत बस सेवालाई सरकारले विस्तार मात्रै नभएर निरन्तरता दिने बताए ।

उनले द्रुत बस सेवा सरकारले आज जुन उत्साहका साथ सुरु गरेको र त्यही उत्साह निरन्तर रूपमा सधैँको निम्ति रहने गरी यो कामलाई अगाडी बढाउने बताए ।

अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा अब द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्न सक्नेछ । द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५र५ मिनेटको फरकमा छुट्नेछन् ।

ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट