काठमाडौँ। आइसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको समूह चरणका सबै खेल टियु मैदानमा हुने भएको छ।
प्रतियोगिता कार्तिक १३ देिख २० गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ ।
नेपालले पहिलो खेल कार्तिक १३ गते सिंगापुरसँग रहेको छ । दोस्रो खेल कार्तिक १४ मा मलेसियासँग खेल्ने नेपालको तेस्रो खेल कार्तिक १६ मा ओमानसँग रहेको छ ।
दुई समूहका शीर्ष दुई मा रहने टोलीले कार्तिक १७ मा सेमिफाइनल खेल्नेछन् । सेमिफाइनलका बिजेता टोलीले विश्वकपमा स्थान बनाउने छ ।
दुई सेमिफाइनल विजेताबीच कार्तिक १९ मा टियु क्रिकेट मैदानमा फाइनल खेल हुनेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट आउने एक टोली रहने छ ।
एसिया क्वालिफायर ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् ।