रामदेवले प्रकाश सपुतलाई सलमान र शाहरुखभन्दा ठूला स्टार भनेपछि…-Sutra News

रामदेवले प्रकाश सपुतलाई सलमान र शाहरुखभन्दा ठूला स्टार भनेपछि…

बुधबार, ३ असोज २०८०

बुधबार, ३ असोज २०८०

काठमाडौँ। भारतीय योगगुरु रामदेवले नेपाली गायक प्रकाश सपुतलाई सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताएका छन् ।



पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गएका सपुतलाई उनले यसरी चिनाएका हुन् ।

हजारौं दर्शक उपस्थित भएको कार्यक्रममा अँगालो हाल्दै रामदेवले उनको खुलेर प्रशंसा गरेका थिए । “यी हाम्रो नेपालका सलमान खान, शाहरुख खान, अमिर खानभन्दा ठूला स्टार हुन्” रामदेवले गायक सपूतलाई चिनाउँदै भनेका थिए, “तिमी आफ्नो काममा पूरै निष्ठावान छौ, म तिमिलाई सयमा सय नम्बर दिन्छु ।”

रामदेवले संसारभर नेपाली समाजको गौरव बढाउन पनि सपुतलाई शुभकामना पनि दिएका छन् ।
सपुतले पनि यो प्रस्तुतिपछि यो सफलता आफ्नो लागि अमुल्य रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “दर्शकहरु माझ पुग्नुको आनन्द अरु केहीसँग तुलना हुन सक्दैन । पछिल्लो चार वर्ष मैले देशविदेशमा छरिएर रहनुभएका नेपालीहरुको अथाह माया प्रत्यक्ष महशुस गर्न पाएको छु । एउटा गायक र कलाकारका रुपमा गीत र भिडियोमार्फत र एउटा पर्फमरका रुपमा स्टेजमार्फत आफ्नो क्षमता र क्षेत्रअनुसारको यो सफलता मेरो लागि अमुल्य छ । अकल्पनीय छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट