एकै ओभरमा ४ विकेट लिने सिराज बने विश्वकै पहिलो वरीयताका बलर-Sutra News

एकै ओभरमा ४ विकेट लिने सिराज बने विश्वकै पहिलो वरीयताका बलर

बुधबार, ३ असोज २०८०

बुधबार, ३ असोज २०८०

काठमाडौँ । एसिया कपको फाइलमा श्रीलंकाविरुद्ध आक्रामक बलिङ गरेको भारतीय तीव्र गतिका बलर मोहम्मद सिराज विश्वकै पहिलो वरीयतामा परेका छन्।
सिराज आईसीसीको वरीयतामा नम्बर १ एकदिवसीय बलर बनेका छन् ।



बुधबार सार्वजनिक भएको वरियतामा सिराज आठ स्थान माथि उक्लिएका हुन् ।

सिराज ६९४ अंकसहित नवौंबाट शीर्ष स्थानमा छन्। सेप्टेम्बर १७ मा कोलम्बोमा भएको एसिया कपको फाइनलमा भारतीय बलर मोहम्मद सिराजले २१ रन दिएर ६ विकेट लिएका थिए । यो एसिया कप फाइनलमा कुनै पनि खेलाडीको उत्कृष्ट बलिङ प्रदर्शन पनि हो।

सिराजले पनि एकै ओभरमा ४ विकेट लिए । उनी एउटै ओभरमा ४ विकेट लिने पहिलो भारतीय बनेका छन् । उनले इनिङ्समा १६ बलमा ५ विकेट लिए ।

उनले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम बलमा ५ विकेट लिने विश्व कीर्तिमानको बराबरी गरेका छन् । यसअघि श्रीलङ्काका चामिन्डा वासले बंगलादेशविरुद्ध १६ बलमा ५ विकेट लिएका थिए । वासले सन् २००३ मा यस्तो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट