तीज सकिएसँगै घट्यो सुनको मूल्य-Sutra News

तीज सकिएसँगै घट्यो सुनको मूल्य

बिहिबार, ४ असोज २०८०

बिहिबार, ४ असोज २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य क्रमशः घट्न थालेको छ । तीजको सुरुवातसँगै बढेको मूल्य तीज सकिँदै जाँदा घट्न थालेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार पछिल्लो दुई दिनमा पाँच सय रुपैयाँले सुनको मूल्य सस्तिएको छ । मंगलबार तोलाकै एक लाख १३ हजार पुगेको सुनको मूल्य बिहीबारसम्म आउँदा तोलाको एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको छ । जुन क्रमशः घट्दो क्रममा छ ।

महासंघले जनाएअनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ छ भने तेजाबी सुन एक लाख ११ हजार नौ सय ५० रुपैयाँ छ ।

सुनको मूल्य सस्तिए पनि चाँदीको मूल्य भने खासै घटबढ भएको छैन । बिहीबार चाँदी प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट