एनएमबी बैंक र बुद्ध एयरबीच सहकार्य, ‘एनएमबी बुद्ध भिसा डेबिट कार्ड’सुरू-Sutra News

एनएमबी बैंक र बुद्ध एयरबीच सहकार्य, ‘एनएमबी बुद्ध भिसा डेबिट कार्ड’सुरू

शुक्रबार, ५ असोज २०८०

शुक्रबार, ५ असोज २०८०

काठमाडौं । एनएमबी बैंक लिमिटेड र बुद्घ एयरको सयुक्त साझेदारीमा ‘एनएमबी बुद्घ भिसा डेबिट कार्ड’ सार्वजनिक भएको छ।



एनएमबी बुद्ध भिसा डेबिट कार्ड’ बाट भुक्तानी गर्दा टिकटमा १० प्रतिशत छुट पाइनेछ। यस्तो छुट पाउनका लागि बुद्ध एयरका तीनवटा काउन्टरमा जानुपर्ने छ। बुद्ध एयरका लागि काठमाडौं विमानस्थल, जाउलाखेल र सिनामंगल. काउन्टरबाट टिकट लिँदामात्र यस्तो छुट पाइने छ।

यसरी यस्तो कार्डबाट भुक्तानी गरिएको टिकट लिँदा यात्रुले थप ५ किलो सामग्री नि:शुल्क लिन पाउनेछन्। एनएमबी बुद्घ भिसा डेबिट कार्ड’का ग्राहकले सय प्रतिशतसम्मको क्यासब्याक पाउनेछन् भने कुनै पनि एटीएम टर्मिनलबाट नगद झिक्न पाउनेछन्।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट