चलचित्र विकास बोर्डविरुद्ध रिट लिएर अदालत पुग्यो फिल्म ‘प्रकाश’को टिम-Sutra News

चलचित्र विकास बोर्डविरुद्ध रिट लिएर अदालत पुग्यो फिल्म ‘प्रकाश’को टिम

शुक्रबार, ५ असोज २०८०

शुक्रबार, ५ असोज २०८०

काठमाडौं । नेपाली फिल्म ‘प्रकाश’को टिम चलचित्र विकास बोर्डका विरुद्ध अदालत पुगेको छ । गत भदौ १२ मा राष्ट्रपति कार्यालयमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’ मा ‘उत्कृष्ट फिल्म’को विद्या नै गायब बनाइएको भन्दै टिम अदालत पुगेको हो ।



फिल्मका निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्य बोर्डलाई विपक्षी बनाउँदै उच्च अदालत, पाटन पुगेको हुन् ।

फिल्म टिमले दिएको रिट निवेदनमा उत्कृष्ट फिल्मको अवार्ड वितरण नगर्नुको कारण माग गरिएको छ । रिटमा फिल्म टिमले बोर्डको जुरी कमिटीले गरेको निर्णयको सक्कल पनि झिकाउनुपर्ने माग राखेका छन् ।

जुरी सदस्यले फिल्म प्रकाशलाई सर्वश्रेष्ठ फिल्मको रुपमा सिफारिस गरेको भएपनि बोर्डले नमानेको बताइएको छ । प्रमुख विधामा नै अवार्ड वितरण नहुने भएपछि सम्मान समारोहमा जुरी संयोजक राजेन्द्र सलभ कार्यक्रममा सहभागी भएका थिएनन् ।

‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा ‘प्रकाश’ले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री विधामा भने अवार्ड जितेको थियो ।

यसअघि फिल्मको टिमले अवर्डा वितरणको विषयलाई लिएर सञ्चारमन्त्री रेखा शर्मासँग भेट गरेको थियो । मन्त्री शर्माले अवार्ड वितरणमा मन्त्रालयले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट