तीजपछि घट्यो सुनको मूल्य, तीन दिनमै नौ सयले कम-Sutra News

तीजपछि घट्यो सुनको मूल्य, तीन दिनमै नौ सयले कम

शुक्रबार, ५ असोज २०८०

शुक्रबार, ५ असोज २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालोमा छ । तीजसँगै घट्न थालेको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार पनि गिरावट आएको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबारसम्म आउँदा सुनको मूल्य प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार तीजको भोलिपल्ट असोज २ मा सुनको मूल्य एक लाख १३ हजार रुपैयाँ थियो । जसअनुसार पछिल्लो तीन दिनमै सुनको मूल्यमा नौ सय रुपैयाँले गिरावट आएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ हुँदा तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

निरन्तर सुनको मूल्यमा गिरावट आएपनि चाँदीको मूल्य भने निरन्तर बढिरहेको छ । महासंघले जनाएअनुसार शुक्रबार चाँदाी प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तीजपछि चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट