काठमाडौं । एनआइसी एसिया बैंकले आगामी असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभाकाे मिति ताेकेकाे हाे ।
बैंकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारणसभा बाेलाएकाे छ । लाभांश पारित गर्नका लागि साधारण सभा बाेलाएकाे बैंकले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
बैंकले भदौ २९ गते ३०.५२% लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । केन्द्रीय बैंकले उक्त प्रस्वात स्वीकृत गरेपछि बैंकले साधारण बाेलाएकाे हाे ।
बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।