सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन प्रमुख दलका नेताको बैठक बस्दै-Sutra News

सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन प्रमुख दलका नेताको बैठक बस्दै

शुक्रबार, ५ असोज २०८०

शुक्रबार, ५ असोज २०८०

काठमाडौं। सुन प्रकरणबारे छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठनबारे छलफल गर्न सरकारले प्रमुख दलका नेताहरुलाई बैठक बोलाएको छ।



यसअघि भएको सहमतिअनुसार पाँच बजे बस्ने बैठकमा आयोग गठनको लागि कार्यदल बनाउनेबारे छलफल हुने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए।

शिक्षकहरुसँग वार्तामा सकिए लगत्तै आयोग गठनबारे छलफल गर्नको लागि प्रमुख दलका नेताहरुबीच बैठक बस्ने तयारी छ।

यसअघि प्रमुख दलहरुबीच सुन प्रकरणमा सीआईबीको अनुसन्धानपछि आजैबाट आयोग गठन प्रक्रिया थाल्ने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट