पूर्वकप्तान पारस खड्का क्यान सचिवमा निर्वाचित-Sutra News

पूर्वकप्तान पारस खड्का क्यान सचिवमा निर्वाचित

शनिबार, ६ असोज २०८०

शनिबार, ६ असोज २०८०

काठमाडौं । पारस खड्का नेपाल क्रिकेट संघ क्यानको सचिवमा निर्वाचित भएका छन् ।



शनिबार क्यानको निर्वाचनमा अर्का प्रत्यासी प्रशान्त बिक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार पारसले ४८ मत प्राप्त गरे भने अर्का प्रत्यासी प्रशान्तले ३७ मत प्राप्त गरे ।

दुई वर्षअघि क्रिकेटको ब्यवस्थापनमा आउने उद्घोष सहित पारसले सक्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनले क्रिकेटबाट सन्यास लिएको दुई वर्षमै क्रिकेटको मुख्य पदमा निर्वाचित भएका छन् ।

प्रशान्त क्यानका पूर्व कार्यवहाक सचिव थिए । विवादास्पद नेपाल टी ट्वान्टी लिगको आयोजना पश्चात उनले सचिव पदबाट राजीनामा दिएका थिए ।

क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित रहे ।

महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध रहे ।

निर्वाचनमार्फत कोशी प्रदेशबाट अर्जुन पौडेल, बागमती प्रदेशबाट दिवाकर घले, गण्डकी प्रदेशबाट सुदीप शर्मा, सुदुरपश्चिम प्रदेशबाट बिक्रम विष्ट, मधेश प्रदेशबाट माधव कर्माचार्य निर्वाचित भए । मधेशबाट कर्माचार्य र मोहम्मद अन्सारीको समान ४२ मत आएपछि गोलाप्रथाबाट कर्माचार्य निर्वाचित भएका हुन् ।

खुल्ला सदस्यमा धिरेन्द्र सावदले ५९, दुर्गा पाठकले ५४, आयुस श्रेष्ठले ५१, विरेन्द्र चन्द ३४, करन महत्रा क्षेत्री निर्वाचित भए । खुल्ला सदस्यमा महत्रा र ऋषि गौतमले समान २६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट महत्रा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट