यी ६ उपाय, जसले बढाउनेछ तपाइँमा याैन क्षमता-Sutra News

यी ६ उपाय, जसले बढाउनेछ तपाइँमा याैन क्षमता

शनिबार, ६ असोज २०८०

शनिबार, ६ असोज २०८०

कतिपय मानिसहरू याैन क्षमता कमजाेर भएकाे कारण चिन्तामा छन् । उनीहरूलाई कसरी याैन क्षमता बढाउने भन्ने चिन्ता छ । यस्ताेमा यहाँ कसरी याैन क्षमता बढाउने भन्ने उपाय सुझाइएकाे छ । थाहा पाउनुहाेस् याैन क्षमता बढाउने उपायहरू :



तनाव रहित हुनुस्

तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस्। जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न। तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौन क्रीडा चाहेजस्तो हुँदैन।

चिल्लो कम खानुस्

चिप्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ। जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनाङ्ग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ। जसले गर्दा कामोत्तेजना जाग्दैन। कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन। त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस्।

यी खानेकुरा खानुस्

एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस्। यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन्।

व्यायाम गर्नुस्

व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ। महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ। व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ। हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ।

स्वास्थ्यबारे सचेत रहनुस्

छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस्। किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ। यो रोगले यौनेच्छामा कमी र गर्भ क्षमतामा ह्रास ल्याउने गर्छ। रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ।

चिकित्सकलाई भेट्नुस्

अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ। सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट